काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ। यसको असरका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया