काठमाडौ । नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले ललितपुरको लगनखेलबाट पुनः पक्राउ गरेको छ।

गत भदौ २३–२४ गते ‘जेन्जी आन्दोलन’को अवसरमा कारागार कार्यालय नख्खुबाट भागेका २२ वर्षीय अशोक (अनिष) भुजेललाई प्रहरीले फागुन ३ गते साँझ पक्राउ गरेको हो। भुजेल दोलखाको शैलुङ गाउँपालिका वडा नं. ७ फस्कु घर भएका हुन् र हाल ललितपुरको भोलढोका बस्दै आएका थिए। प्रहरीलाई गोप्य सूचनाअनुसार उनी लगनखेल बसपार्क क्षेत्रमा लुकिछिपी बसेको पत्ता लागेको थियो।

advertisement

भुजेललाई १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले २०७९ असार २२ गते दोषी ठहर गर्दै १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। कारागारबाट फरार भएपछि उनको खोजी कार्य तीव्र पारिएको थियो।

पक्राउ परेपछि उनलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय नख्खु पठाइएको छ।

 

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com