काठमाडौं । मालारानी गाउँपालिका–३ टुनीपोखरीमा स्थानीयले राखेको पासोमा परेर घाइते भएको चितुवा सोमबार दिउँसो मरेको छ।

घाइते चितुवालाई उद्धार गरेर अर्घाखाँची जिल्ला वन कार्यालयमा उपचारका लागि लगिएको थियो। डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले चितुवाको मृत्यु भएको जानकारी दिएका छन्।

उद्धारको क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ पनि घाइते भएका छन् र उनकाे उपचार जारी छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com