काठमाडाैं । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उमेदवार विनोद रेग्मीले उम्मेदवारी त्याग्दै नेपाली कांग्रेसका उमेदवार विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
सोमबार जारी प्रेस विज्ञप्तिमा रेग्मीले आफू चुनावी मैदानबाट अलगिएको जानकारी दिँदै फागुन २१ को आम निर्वाचनमा कांग्रेसको पक्षमा उभिने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले आफ्ना कार्यकर्ता र समर्थकलाई रुख चिन्हमा मतदान गर्न आह्वान गर्दै लोकतन्त्रको सुदृढीकरण र परिवर्तनको निरन्तरताका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

advertisement

“यस क्षेत्रमा कांग्रेसको पक्षमा स्पष्ट जनसमर्थन देखिएको छ, त्यसलाई सम्मान गर्दै मैले कांग्रेसलाई समर्थन गर्ने निर्णय लिएको हुँ,” रेग्मीले बताए ।

२०७९ मा यसै क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरी विकास र आर्थिक रूपान्तरणको एजेन्डासहित पुनः प्रतिस्पर्धामा छन् । रेग्मीको समर्थनसँगै क्षेत्र नं. १ मा कांग्रेसको चुनावी समीकरण थप बलियो भएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com