काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको रक्षा गर्ने साहस आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन्। मंगलबार फेसबुकमार्फत अभिव्यक्ति जारी गर्दै उनले आगामी निर्वाचनमा जसपा नेपालको जित संघीयताको रक्षा र मधेशको पहिचान कायम राख्न आवश्यक हुने बताए।

अध्यक्ष यादवले मधेशमा भएका आन्दोलनहरूलाई मात्र विद्रोह नभई ‘मधेशको आत्मसम्मानको घोषणापत्र’ भएको बताए। उनले भने, ‘गोली, दमन र षड्यन्त्रको सामना गर्दै अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै मधेशको वास्तविक प्रतिनिधि हो।’

advertisement

यादवले शहीदहरूको बलिदानबाट स्थापना भएको संघीयतालाई कमजोर बनाउन खोज्ने प्रयासहरू बढ्दै गएको भन्दै, त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै रहेको बताए। ‘अब इतिहास लेख्ने कि इतिहास मेट्ने? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गरौँ,’ उनले जनतालाई आग्रह गरे।

उनले विभाजन, भ्रम र राजनीतिक दबाबभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गर्न सबैलाई प्रेरित गरे।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com