काठमाडौं ।  पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने कार चालक पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी नवराज अधिकारीले  जानकारी दिए ।

advertisement

अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com