काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल तयार पारेको हो।

advertisement

स्कटल्याण्डका लागि ब्याटर माइकल जोन्सले विस्फोटक पारी खेले। उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान दिए।

अर्का ओपनर जर्ज मुन्सेले २७ रन जोड्दै जोन्ससँग ८० रनको ओपनिङ साझेदारी गरेका थिए।

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले उत्कृष्ट पुनरागमन गरे। उनले एकै ओभरमा २ विकेट लिँदै स्कटल्याण्डको रनको गतिमा अंकुश लगाएका थिए।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com