काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भएकाले शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

यस अवसरमा शेर्पा समुदायले गाउँघर, टोलका बाटोघाटो र पानीका मुहानहरू सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक तथा खाप्से जस्ता परिकार खाने र आपसमा शुभकामना साटासाट गर्ने परम्परा रहेको छ। यो पर्वलाई पारिवारिक तथा सामाजिक सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ।

advertisement

नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्परा मान्नेहरूले चन्द्र पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाउँछन्। यस क्रममा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उत्सवले पर्वलाई अझ विशेष बनाउने गर्दछ।

ग्याल्पो ल्होसारले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह ल्याउनुका साथै आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ। साथै, गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद लिने, खाप्से, डेशिल र गुथुक जस्ता परिकारको स्वाद लिने तथा परिवारसँग रमाइलो समय बिताउने परम्पराले यस पर्वलाई नेपाली सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग बनाएको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com