काठमाडौ । कैलालीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–१ अन्तर्गत हुलाकी राजमार्गमा भे १ च ४२७५ नम्बरको महिन्द्रा कोरेक्स गाडी र विपरीत दिशातर्फ आउँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीया इप्सा चौधरीको मृत्यु भएको हो। उनलाई गम्भीर घाइते अवस्थामा नवजिवन अस्पताल, धनगढी लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

advertisement

गाडीमा सवार कैलारी–७ बस्ने ५० वर्षीय तारा चौधरी घाइते भएका छन्। अन्य दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। दुर्घटनामा संलग्न गाडी चालक, कैलारी–७ का वडा अध्यक्ष ४० वर्षीय दीपेन्द्र बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com