काठमाडौं।  महाशिवरात्रिको अवसरमा पशुपतिमा खटिएका प्रहरीमाथि कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

ड्युटीमा रहेका एक प्रहरीमाथि मुक्का र लात्ती प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले आक्रमणकारीको खोजी थालेको थियो।

advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई आज नियन्त्रणमा लिइएको हो।

मंगलबार प्रहरीले सूचना जारी गर्दै घटनामा संलग्न युवकको पहिचानका लागि नागरिकसँग सहयोग मागेको थियो। अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com