काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञा पत्र पारित गरेको हो।
कांग्रेसले आज जनकपुरधाम मा आयोजना हुने सभामार्फत प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। सभामा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।
कांग्रेसले मधेसको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधामबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्नु प्रतीकात्मक र राजनीतिक दृष्टिले महत्त्वपूर्ण भएको जनाएको छ। यो कार्यक्रम मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने अवसरका रूपमा लिइएको पार्टीको भनाइ छ।
मधेस आन्दोलनपछि नेपाली कांग्रेसले पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राख्दै आएको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले बताएका छन्।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया