काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्र ले आफ्नो चुनावी सक्रियता बढाउँदै घरदैलो कार्यक्रम तीव्र बनाएका छन्।
बुधबार मिश्रले बबरमहल र थापाथली क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। कार्यक्रममा उनले मतदातालाई “सही मान्छे छानेर राजनीतिक भूमरीबाट जोगिनुपर्ने” भन्दै आफूलाई जिताएर सही प्रतिनिधि चयन गर्न आग्रह गरेका थिए। उनले भने, “यो ठाउँमा सहि मान्छे पुर्याउन सक्नुपर्छ। नेपाली राजनीति भूमरोमा नजाओस्।”
मिश्रले घरदैलो अभियानमार्फत आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै स्थानीय समस्याबारे सुझाव पनि संकलन गरिरहेका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभरका उम्मेदवारहरूले प्रचार प्रसार तीव्र बनाएका छन्। राप्रपासहित अन्य पार्टीका उम्मेदवारहरूले यसै महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन्।
घरदैलो अभियानमार्फत उम्मेदवारहरूले मतदाताको घर घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन्।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया