काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी का महासचिव ऋषि कट्टेल पक्राउ परेका छन्।
निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।
कार्यालयका अनुसार यस प्रकरणमा उक्त पार्टीसँग सम्बन्धित चार जना हालसम्म पक्राउ परिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार












प्रतिक्रिया