काठमाडौं । निर्वाचन आयोग नेपाल ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्वाचनसम्बन्धी सबै गतिविधि तत्कालका लागि रोक्न निर्देशन दिएको छ। आयोगले पत्राचारमार्फत एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो।
आयोगका अनुसार यसअघि पनि सम्बन्धित निकायसँगको समन्वयपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी प्राप्त भए पनि पुनः प्रक्रिया अघि बढाइएको देखिएकाले पुनः निर्देशन जारी गर्नुपरेको हो। अर्को सूचना जारी नभएसम्म निर्वाचनसँग जोडिएका सबै कार्यक्रम रोक्न भनिएको छ।
आयोगले प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न एन्फालाई आग्रह गरेको छ। आचारसंहिता उल्लंघन भए कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ।
यसअघि एन्फाले संशोधित कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि फागुन २७ गते मतदान गर्ने योजना सार्वजनिक गरेको थियो। आयोगको पछिल्लो निर्देशनपछि उक्त निर्वाचन प्रक्रिया हालका लागि रोकिएको जनाइएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया