काठमाडौं । चन्द्र भण्डारीले देशमा विधि र पद्धति क्रमशः कमजोर बन्दै जाँदा प्रजातन्त्रका मूल मूल्य–मान्यता संकुचित हुँदै गएको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले पछिल्लो समय राज्य सञ्चालनमा बढ्दो भागबण्डा प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको उल्लेख गरे।
भण्डारीले प्रजातन्त्रलाई नागरिकले प्रश्न गर्न पाउने अधिकारको सुरुवात र जनअधिकार संरक्षणको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै सुशासन र पारदर्शिताको अभावले यसको आधारभूत मूल्यहरूमाथि नै प्रश्नचिह्न खडा भएको बताए। सुशासन स्थापनाका लागि नयाँ पुस्ता, विशेषगरी ‘जेन–जी’ ले समेत बलिदान दिनुपरेको अवस्था दुःखद रहेको उनको भनाइ छ।
उनले प्रजातन्त्रलाई जनताको दैनिकी र जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोड्न नसक्दा यसको औचित्य कमजोर हुँदै जाने चेतावनी दिए। कानुनको शासन सुदृढ गर्दै गलत प्रवृत्ति र व्यक्तिलाई कानुनी दायराभित्र ल्याउन सके मात्र प्रजातन्त्रलाई सही अर्थमा स्थापित गर्न सकिने उनले बताए।
भण्डारीले प्रजातन्त्रलाई जनताको सुख–सुविधा, न्याय र समान अवसरसँग जोडेर मात्र यसको सार्थकता प्रमाणित हुने धारणा राखेका छन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया