काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३–२४ मा भएको जेनजी विद्रोहका क्रममा सरकारको तर्फबाट भएको गल्तीको जिम्मेवारी आफ्नो पार्टीले लिने स्पष्ट पारेका छन्। बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले त्यसबेला भएका प्रशासनिक र राजनीतिक त्रुटीको स्वीकारोक्ति गरे।

सभापति थापाले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूका परिवारसँग सार्वजनिक रूपमा क्षमायाचना समेत गरेका छन्। उनले स्मरण गराए कि २००७, २०४६ र २०६३/६४ सालका ऐतिहासिक जनआन्दोलनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको थियो र ती उपलब्धिमा सधैँ गौरव गर्ने गरेको थियो। तर भदौ २३–२४ का मागहरूलाई सम्बोधन नगरी त्यस्ता गौरवका गाथाहरू पूर्ण हुन नसक्ने उनको तर्क छ।

advertisement

थापाले कांग्रेस अबका दिनमा जेन–जी युवाहरूको भावना र चाहना अनुसार नै अगाडि बढ्ने प्रतिज्ञा गरेका छन्। उनले राजनीतिमा असैद्धान्तिक वा अवसरवादी गठबन्धन नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै, सत्ताका लागि मात्र हुने गठबन्धनले लोकतन्त्र र राजनीतिक स्थिरतालाई कमजोर बनाएको स्वीकारे।

सभापति थापाले आगामी निर्वाचनमा मतदातालाई नयाँ आशा र भरोसा दिलाउनका लागि विगतका गल्ती सुधारेर अघि बढ्न कांग्रेसको विकल्प नभएको बताए।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com