काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब नियुक्तिमा राजनीतिक दलको प्रभाव नभई अब्बल नीति र संस्थागत सुधारको आधारमा निर्णय गरिने बताएका छन्।

राष्ट्रिय सभामा आयोजित प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले संवैधानिक नियुक्तिहरूमा अब राजनीतिक भागबन्डा नहुने स्पष्ट पारे। उनले भनिन्,

कहिँ पनि अब पाँच वर्षको दौरानमा संवैधानिक आयोगमा बसेर भागबन्डा माग्न गयो, विश्वविद्यालयमा बसेर भागबन्डा माग्न गयो भन्ने कुरा अब सुन्नुपर्ने छैन।

सभापति थापाले नियुक्ति प्रक्रिया सुधारका लागि आवश्यक संस्थागत सुधार पनि अघि सारिएको बताए।

उनले नेपाललाई आगामी पाँच वर्षभित्र भ्रष्टाचारमुक्त बनाउने लक्ष्य घोषणा गर्दै, नागरिकलाई हैरानीबाट मुक्त र सरकारलाई जबाफदेही बनाउने प्रतिवद्धता व्यक्त गरे। यसको लागि २०४८ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने आयोग स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए।

आयोगले सबैको छानबिन गर्छ। कांग्रेसका पनि प्रत्येकको छानबिन हुन्छ। आयोगले गरेको निर्णय कार्यान्वयन गर्दा नेता वा नाताको प्रभाव हुँदैन। यसको उद्देश्य भनेको सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेपछि पनि सजाय हुने मान्यता स्थापित गर्नु हो, सभापति थापाले बताए।

साथै, भ्रष्टाचार नियन्त्रणका लागि कानुन निर्माण हुने पनि उनले बताए।

अख्तियारले नीतिगत भ्रष्टाचार हेर्ने नियम ६ महिनाभित्र बनाउनेछ। कन्फ्लिक्ट अफ इन्टेरेस्ट र तोकिएको समयमा काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने कुरा कानुनमा समावेश गरेर लागु गरिनेछ।

सभापति थापाको सम्बोधनले पार्टीको नीति आधारित नियुक्ति, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com