काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने लक्ष्य रहेको बताएका छन्। उनले यो कुरा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक प्रतिज्ञापत्र सार्वजनिक एवं सवाल-जवाफ कार्यक्रममा बोलेका हुन्। सभापति थापाले भने,

कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन। जोसुकै, सभापति होस् वा कुनै पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन।

advertisement

उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेतामाथि भ्रष्टाचार छानबिन गरिने बताए। साथै, कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित सेवा प्रणाली अपनाउनुपर्नेमा जोड दिए। उनले काम समयमै सम्पन्न गरिनुपर्ने र समय ढिला भए नागरिकले क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्ने बताए।

“सार्वजनिक सेवामा ‘एक दिनमा बनाइनेछ’ भनियो भने त्यो एकै दिनमा बनाइनुपर्छ। ‘एक घण्टामा सेवा पाइनेछ’ भने, त्यो एकै घण्टामा उपलब्ध गराइनुपर्छ। यसको लागि प्रविधिको प्रयोग, कानुन संशोधन, भौतिक पूर्वाधार निर्माण र घरमै नागरिकलाई सेवा दिने व्यवस्था गर्नुपर्छ।”

सभापति थापाले डिजिटल सार्वजनिक सेवामा ७ दिन, २४ घण्टा उपलब्धता र ढिला सुस्ती भए क्षतिपूर्ति सुनिश्चित गर्ने योजना कांग्रेसले व्यवस्थित रूपमा अघि सारेको जानकारी पनि दिए।

यो कार्यक्रमले कांग्रेसको भ्रष्टाचारमुक्ति, डिजिटल सेवा र नागरिक केन्द्रित प्रशासनमा प्रतिबद्धता स्पष्ट गरेको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com