काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले कर्णालीलाई शिवभूमिको उपमा दिँदै शिवको पाउमा पुगेर वाचापत्र सार्वजनिक गर्न पाउँदा खुसी भएको बताएका छन् ।

बिहीबार कर्णालीको सुर्खेतमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् । ‘शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ,’ उनले भने ।

advertisement

बालेनलले राजा महेन्द्रको पुरानो भनाइलाई पनि सम्झिए । उनले भने, ‘कर्णाली यो देशको सबैभन्दा ठुलो रारा ताल राजा महेन्द्रले भनेजस्तो स्वर्गकी अप्सराको ठाउँमा आउन पाउँदा खुसी छु ।’

कर्णालीको यार्सागुम्बा विश्वभर पुग्दा जुम्लाको स्याउ देशभरी पुग्न नसकेको भन्दै रास्वपाले पुर्‍याउने बालेनले बताए । ‘आजको दिनमा सुनजस्तो मानिने डोल्पाको यार्सागुम्बा विश्वभरी पुग्नसक्छ,’ उनले भने, ‘तर, कर्णाली स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन यहाँको उत्पादनलाई देशभरी पुर्‍याउने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।’

सिञ्जा सभ्यता, नेपाली भाषा, खस भाषाको उद्गमस्थललाई जोगाउने र कर्णालीको सभ्यता जोगाउने पार्टी रास्वपा हुने उनले दाबी गरे ।

‘कर्णालीको दु:ख र गरिबीलाई बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन् । त्यो बुझ्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com