काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी प्रचारका क्रममा गरिबको बस्तीमा डोजर चलाउने भनेर फैलाइएका भ्रमप्रति आपत्ति जनाएका छन्। बिहीबार आयोजित बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले भने, ‘गरिबको बस्तीले चिन्ता नगर्नुस्, डोजर चल्ने भए भ्रष्टाचारीको महलमा मात्रै चलाइनेछ। हामीले गरीबको सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्छौँ।’
सभापतिले मतदातालाई आफ्ना उम्मेदवारलाई जिताउन अपिल गर्दै भने, ‘अहिले तपाईंले घण्टीको मत दिनुहोस्, पाँच वर्षपछि यदि हामीले काम गर्न सकेनौँ भने त्यसै घण्टीले हामीलाई राजनीतिक रूपमा जवाफ दिन्छ।’
उनले मतदातालाई विश्वास दिलाउँदै रास्वपाका उम्मेदवारहरूमार्फत भ्रष्टाचार उन्मूलन र न्याय सुनिश्चित गर्ने प्रतिवद्धता दोहोर्याएका छन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया