काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद रामवीर मानन्धरसहित ७८ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा सभापति गगनकुमार थापाको प्रश्नोत्तर सत्रपछि उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराइएको हो।
मानन्धरसँगै एमाले रसुवा जिल्ला कमिटीका अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेसमा समावेश भएका छन्। ढकाल यसअघि दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेता हुन्।
मानन्धरलाई अघिल्लो निर्वाचनअघि एमालेले कारबाही गरेको थियो। चुनाव नजिकिएसँगै उक्त कारबाही फुकुवा गरिएको भए पनि त्यसयता उनी पार्टी गतिविधिमा निष्क्रिय रहँदै आएका थिए। अहिले भने उनले औपचारिक रूपमा कांग्रेस रोजेका छन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया