काठमाडौं । देशका विभिन्न स्थानबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरीका अनुसार, सिरहा, कास्की र बाँकेबाट ३–३ जना, झापा, कैलाली र मकवानपुरबाट २–२ जना र मोरङबाट १ जनालाई पक्राउ गरिएको हो।

advertisement

अभियुक्तहरूबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने विभिन्न प्रकारका प्रतिबन्धित औषधि बरामद गरिएको छ। प्रहरीले उनीहरूलाई नियमित सुरक्षा गस्तीका क्रममा बुधबार र बिहीबार पक्राउ गरेको हो।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com