काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक चौधरीले आफ्नो पार्टीलाई मत नदिने व्यक्तिलाई देशविरोधी भनेका छन्।
सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार चौधरीले बिहीबार इटहरी जेसिसले आयोजना गरेको कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन्। उनले आफ्नो पार्टीले दुईतिहाइ सरकारको माग गरेको हुँदा परिवर्तनका लागि भोट दिन आवश्यक रहेको औंल्याए।
चौधरीले भने, “यो चुनावमा हाम्रो पार्टी दुईतिहाइ सरकारको लागि लागिरहेको छ। परिवर्तन चाहनुहुन्छ भने दुईतिहाइ पुर्याउन सहयोग गर्नुहोस्। यदि तपाईं सहयोग गर्नुहुन्न भने, एक वा बढी अस्थिर सरकार चाहनु भएको हुन्छ। त्यस अर्थमा तपाईं देशविरोधी हुनुहुन्छ। यसको लागि सचेत रहनुहोस्।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार











प्रतिक्रिया