दाङ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि राजनीतिक अपरिपक्वता देखाएको आरोप लगाएको छ। दाङको तुलसीपुर बजारमा बिहीबार राति रास्वपाका समर्थकहरूले एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएपछि एमालेले यस्तो आपत्ति जनाएको हो।

एमालेले उक्त घटनालाई ‘आस्था र भावनामा प्रहार’ भएको ठहर गरेको छ। दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार र संवेदनशील राजनीतिक शक्ति बनेर अघि बढ्न अनुरोध गरेका छन्।

advertisement

अचार्यले भनेका छन्, ‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चा खोज्नु राजनीतिक अपरिपक्वताको चरम उदाहरण हो। लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र स्पष्ट वैचारिक दृष्टिकोणबाट मात्रै सुदृढ हुन्छ, अराजक प्रदर्शनबाट होइन।’

उनले थपे, ‘प्रियतावादले तत्काल केही राहत वा सहानुभूति दिलाउन सक्छ, तर यसको अन्त्य अत्यन्तै दर्दनाक र दुःखद हुनेछ।’

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com