काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी  दुर्गा  प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न पनि आदेश जारी गरेको हो।

उमा प्रसाईंले आफ्नो हकमा पेश गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आदेश जारी गरेको हो।

advertisement

प्रकाउ पर्नुअघि दुर्गा प्रसाईंले आफूलाई प्रहरीले धरपकड गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए। तर सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनलाई पक्राउ गरिएको थियो।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छाडिएका थिए। त्यसबेला निर्वाचनसँग सम्बन्धित केही अभिव्यक्तिलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्ने योजना बनाएको आशंकामा प्रहरीले उनलाई पटक–पटक नियन्त्रणमा लिइ बयान लिएर छाडेको जनाएको छ। माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईं प्रहरीको नियन्त्रणमा रहेर बयान दिएका थिए।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com