काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको सालिकमाथि उभिएर अपमानजनक व्यवहार गरेको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण जनाएको छ।

शुक्रबार प्रदेश सचिव राजेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा उक्त कार्यको घोर भर्त्सना तथा खेद प्रकट गरिएको छ। कसैको आस्थामा असर पुग्ने खालको अराजकतापूर्ण व्यवहार सह्य नहुने चेतावनी पनि दिइएको छ।

advertisement

राप्रपाले घटनाबारे रास्वपाले तत्काल आफ्नो धारणा सार्वजनिक गर्दै माफी माग्नुपर्ने माग गरेको छ। साथै यस्ता घटना पुनः नदोहरिने प्रतिबद्धता जनाउन पनि आग्रह गरेको छ।

‘निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै जिम्मेवार दलको दायित्व हो। स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम गर्न र अन्य दलको आस्थामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै दल तथा व्यक्तिहरूलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

बिहीबार रास्वपा सभापति लामिछाने दाङ आउने क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकस्थित सालिकमाथि रास्वपा कार्यकर्ताहरू उभिएर अभद्र व्यवहार गरेको राप्रपाले आरोप लगाएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com