काठमाडौ । समितिले अनुशासन कार्यविधि–२०८२ अनुमोदन गरेको छ ।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।
बैठकमा कपिलवस्तु सहित केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, तिनका प्रस्तावक र समर्थक तथा पार्टी अनुशासन उल्लंघन गर्ने गतिविधिमा संलग्न सदस्यहरूको विषयमा पनि छलफल भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया