काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ।

कार्यालयका डिएसपी हरिबहादुर बस्नेतका अनुसार निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सबै मतदानस्थलमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिनेछ। यसका लागि फागुन १७ गतेभित्र सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने योजना बनाइएको छ।

advertisement

उनले सिसी क्यामेरा जडान भएपछि मतदान प्रक्रिया अझ सुरक्षित, पारदर्शी र मर्यादित हुने विश्वास व्यक्त गरे। साथै, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयलाई प्राथमिकतामा राखिएको उनले बताए।

शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी प्रशासनले सबै सरोकारवाला निकाय तथा आम नागरिकसँग सहयोगको अपिल समेत गरेको छ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com