काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा केन्द्रित विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै छन्।
निर्धारित कार्यतालिका अनुसार ओली बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। सो भेटमा स्थानीय संगठन सुदृढीकरण, चुनावी रणनीति तथा कार्यकर्ता परिचालनका विषयमा छलफल हुने जनाइएको छ।
त्यसपछि उनी दिउँसो ३ बजे दमकमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ओलीले शैक्षिक क्षेत्रका सरोकारवालासँग संवाद गर्ने कार्यक्रम छ।
झापा क्षेत्र नम्बर ५ बाट एमालेका उम्मेदवारसमेत रहेका ओलीको यो भ्रमणलाई चुनावी अभियान सुदृढ गर्ने र शैक्षिक समुदायसँग प्रत्यक्ष संवाद विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया