बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश संस्थापक सदस्य तथा बारा जिल्ला सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको जनाएका छन्।

चौधरीले आगामी फागुन २१ गते तय गरिएको निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली स्थापना कालका मूल्य–मान्यता, पार्टी विधान तथा सार्वजनिक प्रतिबद्धतासँग मेल नखाने अनुभूति भएको उल्लेख गरेका छन्।

advertisement

उनले आफ्नो योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्त व्यवहारमा लागू नभएको आरोप लगाएका छन्। पार्टीभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर भएको संकेत गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com