झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर संवैधानिक जटिलताका बेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा उनले ढिला निर्णय गरिएको न्यायलाई ‘म्याद गुज्रिएको औषधि’ सँग तुलना गर्दै भने, ‘म्याद गुज्रेर दिइने न्याय डेट एक्सपायर्ड मेडिसिन जस्तो हो। व्यवहारमा यसले कुनै काम लाग्दैन र परिणाम पनि आउँदैन।’

advertisement

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ निर्वाचनपछि हुने गरी अदालतले साधारण तारेख दिएको प्रसंग स्मरण गर्दै त्यसलाई व्यावहारिक दृष्टिले अर्थहीन र प्रयोजनहीन भएको बताए। ‘भोलिका दिनमा यसले नजिर बसाल्ने वा सिद्धान्त प्रतिपादन गर्ने उद्देश्य पुरा गर्न सक्छ, तर तत्कालका लागि न्यायको अर्थपूर्ण प्रयोग हुन सकेको छैन,’ उनले भने।

मुलुक जटिल संवैधानिक परिस्थितिमा फसेको बेला अदालतको दायित्व यसलाई सहज अवस्थामा फर्काउनु पर्ने भए पनि त्यो हुन नसकेकोमा ओलीले गुनासो व्यक्त गरे। साथै, अदालतबाट समयमै निकास नआएपछि मुलुकलाई अघि बढाउन अब चुनावबाहेक अर्को विकल्प नबचेको उनले स्पष्ट पारे।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com