सप्तरी । जनमत पार्टीका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सीके राउतले आफ्ना युवा कार्यकर्तालाई चुनावी प्रशिक्षण दिएका छन्।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले जनमत पार्टीलाई विजयी बनाउन ‘सिपाही’का रूपमा खटिन कार्यकर्तालाई आह्वान गरे। उनले सप्तरीमा अव्यवस्था र गुण्डाराज रहेको आरोप लगाउँदै त्यसको अन्त्यका लागि जनमतको जित आवश्यक रहेको बताए।

advertisement

चुनावी अवधिमा गाउँ–गाउँमा मोटरसाइकलमार्फत गस्ती गर्न निर्देशन दिँदै उनले अन्य दलका उम्मेदवारले मतदातालाई पैसा, भोजभतेर वा अन्य प्रलोभन दिन सक्ने दाबी गरे। त्यस्ता गतिविधि रोक्न सचेत र सक्रिय रहन उनले कार्यकर्तालाई आग्रह गरेका छन्।

राउतले जनमत पार्टीका चुनावी प्रतिबद्धताबारे पनि जनतालाई जानकारी गराउन निर्देशन दिए। उनले ३० हजार युवालाई प्रहरी सेवामा अवसर दिने, १ हजार ३ सय महिलालाई रोजगारी उपलब्ध गराउने तथा स्वयंसेवक शिक्षक भर्ना गर्ने योजना रहेको उल्लेख गरे।

निर्वाचनको दिन मतदातालाई सहयोग गरी मतदान केन्द्रसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले अन्य दलका कार्यकर्ताबाट हुन सक्ने प्रलोभनप्रति सजग रहन पनि कार्यकर्तालाई सचेत गराएका छन्।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com