काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी राप्रपा प्रवेश गरेका छन् ।
चौधरीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीमा स्वागत गरेका हुन् ।
धनिराम यसअघि ०७९ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार थिए ।
उनले १३ हजार ९ सय ९२ मत ल्याएका थिए ।
अहिले यो क्षेत्रमा राप्रपाका स्वर्गीय नेता दीपक बोहोराका छोरा प्रज्वल बोहोरा चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया