पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको छ ।

advertisement

बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरहरूमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउदै परीक्षण गर्दा सम्म धेरै ढिलो भइसकेकाले उनीहरुको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय मिडियालाई बताए ।

टाइगर किङडम, पार्कको वेबसाइटमा उल्लेख भएका सुचनाका आधारमा बाघहरू समयमै परीक्षण र उचित औषधोपचारको अभावमा दुःख, र डरको बिचमा मत्यु वरण गरेको पशु अधिकार सङ्गठन पेटा एसियालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com