काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा चुनावी अभियानका क्रममा गगनकुमार थापालाई स्थानीयले १२५ किलोको माला लगाएर भव्य स्वागत गरेका छन्। गोडैता नगरपालिकास्थित एक कार्यक्रममा मतदाताहरूले उनलाई फूलमालाले सम्मान गरेका हुन्।
कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति थापाले सर्लाही–४ मा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले मधेशका दीर्घकालीन समस्याको समाधानमा आफू दृढ रहेको र जनताले दिएको विश्वासलाई व्यवहारमै प्रमाणित गर्ने बताए।
स्थानीयवासीहरूले थापाको उम्मेदवारीप्रति सकारात्मक धारणा राख्दै यसपटक परिवर्तन र विकासको अपेक्षा गरेको प्रतिक्रिया दिएका छन्।
यस क्षेत्रमा थापासँग राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश सिंह तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनिश यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया