काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित अन्य हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम प्रायः सफा रहनेछ। साथै, कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र अन्य प्रदेशका एक–दुई उच्च पहाडी तथा हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। ती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
महाशाखाले हुस्सु, तुँवालो तथा हिमपात हुने सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने नागरिक तथा ती क्षेत्र हुँदै यात्रा गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया