काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई अन्तिम सूचना जारी गरेको छ।

मन्त्रालयले गृह मन्त्रालय को पत्र तथा समन्वय समितिको बैठकको निर्णयअनुसार घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरणको कार्य भइरहेको जनाएको छ। सो कार्य समयमै टुंगोमा पुर्‍याउन आवश्यक विवरण संकलन गर्न लागिएको स्पष्ट गरिएको छ।

advertisement

सूचनाअनुसार लामो समयसम्म सबै विवरण प्राप्त नभएकाले मन्त्रालयले फागुन १ गतेदेखि १५ गतेसम्म १५ दिनको म्याद दिँदै अन्तिम सूचना प्रकाशन गरेको हो। उक्त अवधिभित्र विधिपूर्वक प्राप्त भएका निवेदन र विवरणका आधारमा घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको छ।

मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचार गरिएका सबै व्यक्तिहरूको विवरण सम्बन्धित स्वास्थ्य संस्थाहरूले फागुन १५ गतेभित्र मन्त्रालयको इमेल ठेगानामा पठाउन आग्रह गरेको छ।

निर्धारित समयसीमाभित्र विवरण प्राप्त नभएमा प्रक्रिया प्रभावित हुन सक्ने चेतावनी मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com