काठमाडौं। काठमाडौंको पेप्सीकोला छाप्रो चोक नजिकै बसको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पेप्सीकोला बस्दै आएकी दोलखा चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेल रहेकी छन्।

advertisement

जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसको छतबाट शनिबार दिउँसो उनी खसेकी थिइन्। गम्भीर घाइते भएकी भुजेलको अन्नपूर्ण अस्पताल मा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com