काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक सुरक्षा अभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा आइतबार मोटरसाइकल र्‍याली निकालिएको छ।

माइतीघर मण्डलामा भेला भएका राजावादी समूहले प्रसाईंको तत्काल रिहाइका लागि सरकारसँग माग राख्दै नाराबाजी गरेका थिए। उनीहरुले प्रसाईंको फागुन ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको घटनाको विरोध जनाउँदै हिन्दुराज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्‍याली सञ्चालन गरेका हुन्।

advertisement

र्‍यालीमा सहभागीहरूले गणतन्त्र विरोधी नारा पनि लगाउँदै सरकारको कार्यविधि प्रति असन्तुष्टि प्रकट गरेका थिए।

माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली भद्रकाली पुगेर शान्तिपूर्ण रूपमा समापन भएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com