काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।
यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो । त्यसयता आज आइतबार मात्रै कारोबार भएको हो । आज कारोबार रकम ६ अर्ब ६९ करोडमा खुम्चियो।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । रिलायन्स स्पिनिङ मिल्सको ९.२६, कालिका लघुवित्त वित्तीय संस्थाको ५.१७, मञ्जुश्री फाइनान्सको ४.४२ तथा सुपर मादी हाइड्रोपावरको ४.१६ प्रतिशत बढ्यो ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशत घट्यो । त्यस्तै रिडी पावरको ८.३३, अरुणखोला जलविद्युत् कम्पनीको ८.२८, नारायणी डेभलपमेन्ट बैंकको ६.९१ तथा सागर डिस्टिलरीको ६.२३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया