डोटी । डोटी जिल्लामा आइतबार दिउँसो भएको जिप दुर्घटनामा चार जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिका–३ स्थित धौलाबस्ती क्षेत्रमा सु.प.प्र. ०३ ००१ च ००१४ नम्बरको जिप दुर्घटनामा परेको हो।

advertisement

दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३, मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते भएका छन्। दुवै जनाको टाउको, खुट्टा तथा छातीमा चोट लागेको छ।

त्यसैगरी जिप चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं. ३, मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन्।

प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि कैलालीस्थित मायामेट्रो अस्पताल पठाइएको छ।

बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिपले बाटोमा अर्को सवारीलाई साइड दिने क्रममा ब्याक गर्दा नियन्त्रण गुमाई सडकबाट करिब १५० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com