काठमाडौं । फागुन २१ गते तय गरिएको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारसमक्ष तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाताको व्यापक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको हो।

उनले भने, ‘निर्वाचनको व्यवस्थापन र नागरिकको सहज सहभागिताका लागि फागुन २१, २२ र २३ गते बिदा दिन सरकारलाई सिफारिस गरेका छौँ। स्वीकृति दिने वा नदिने निर्णय भने सरकारकै अधिकार क्षेत्रभित्र पर्छ।’

आयोगको सिफारिसलाई सरकारले अनुमोदन गरेमा लगातार सात दिन सार्वजनिक बिदा पर्न सक्ने देखिएको छ। फागुन १८ र १९ गते होली पर्व, त्यसपछि २० र २१ गते निर्वाचन प्रयोजनका बिदा, २२ गते शनिबार तथा २३ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले करिब एक सातासम्म निरन्तर बिदा हुने अवस्था बन्नेछ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com