काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा को घरमा जलेको भनिएको पैसासम्बन्धी भिडियो ‘एआई’ हो कि होइन भन्ने विषयमा रास्वपाले छानबिन गर्ने बताएका छन्।
यो प्रसंग नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओली ले झापामा मतदातासँगको कुराकानीका क्रममा देउवाको घरमा पैसा जलेको भनिएको भिडियो ‘एआईबाट बनाइएको’ दाबी गरेपछि उठेको हो। त्यसैको कटाक्ष गर्दै लामिछानेले उक्त भिडियोको सत्यतथ्यबारे आफ्नो पार्टीले अध्ययन गर्ने बताएका हुन्।
लामिछानेले भ्रष्टाचार नियन्त्रणका विषयमा कडा धारणा राख्दै एआई भनेर दाबी गरिएका सामग्रीको पनि परीक्षण हुनुपर्ने बताए। उनका अनुसार कसैले एआई भन्दैमा विषय टुंगिने होइन, त्यसको यथार्थ छानबिन हुनुपर्छ।
उनले रास्वपा सत्तामा पुगे राजनीतिक प्रतिशोध नलिने तर देश लुट्ने र अवैध रूपमा सम्पत्ति जम्मा गर्नेहरूमाथि भने कडा कारबाही गरिने स्पष्ट पारे। साथै वैदेशिक रोजगारीका कारण नेपाली परिवारले भोग्नुपरेको पीडाको समेत हिसाब हुने उल्लेख गर्दै आगामी २१ गतेको निर्वाचनमा घण्टी चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आह्वान गरेका छन्।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया