काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस आइतबार राती त्रिशूली नदी किनारमा खस्दा धेरैको हताहत भएको छ। दुर्घटना बेनीघाट रोराङ गाउँपालिका–२ अन्तर्गत चरौंदी नजिक भएको प्रहरीले जनाएको छ।
बस सडकबाट अनियन्त्रित भई नदी किनारतर्फ खसेको जनाइएको छ। घटनास्थलबाट हालसम्म १७ जना यात्रुको उद्दार गरिएकोमा मृतकको संख्या अत्यधिक भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्था र काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको छ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्। भौगोलिक जटिलताका कारण उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यात्रुको यकिन संख्या र घाइतेको अवस्था बारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया