काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस आइतबार राती त्रिशूली नदी किनारमा खस्दा कम्तीमा १७ जनाको ज्यान गएको छ। दुर्घटना बेनीघाट रोराङ गाउँपालिका–२ अन्तर्गत चरौंदी नजिक भएको प्रहरीले जनाएको छ।

बस सडकबाट अनियन्त्रित भई नदी किनारतर्फ खसेको जनाइएको छ। घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्था र काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

advertisement

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्। भौगोलिक जटिलताका कारण उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यात्रुको यकिन संख्या र घाइतेको अवस्था बारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com