काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

advertisement

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस आज बिहान धादिङको भैँसीगौडास्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङको भैँसीगौडास्थित पृथ्वी राजमार्गमा मध्यराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले म अत्यन्त मर्माहत भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com