धनुषा । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको घटनास्थलमै ज्यान गएको हो।

महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए। प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनाबारे जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले ठक्करपछि मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा उनको मृत्यु भएको बताए।

advertisement

मृतक महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिइएको छ। साथै टिपर र मोटरसाइकल दुवै सवारी साधनलाई ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com