काठमाडाैं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुरकी महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पूजा वस्नेत विश्वकर्माले भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार कविर राणालाई जिताउन आग्रह गरेकी छिन्।

सोमबार बालकोटमा आयोजित चुनावी सभामा बोल्दै उनले रास्वपाभित्र अवसरवादी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै राणालाई विजयी गराउन आह्वान गरिन्।

advertisement

‘म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्ति हुँ। कांग्रेसको घरदैलोमा किन आइरहेको छु भने मेरो पार्टीभित्रको गलत प्रवृत्ति भन्न पनि आएको हुँ। रास्वपाको स्थापनाकालदेखिको सदस्य हुँ, तर कांग्रेससँग मेरो परिवारको साइनो भएकाले कविर दाइलाई जिताउनुपर्छ भनेर आएको छु,’ उनले भनिन्।

उनले नयाँ शक्तिलाई विश्वास गरेर अघि बढेको भए पनि पार्टीभित्र धेरै खराब र अवसरवादी व्यक्ति देखिएको आरोप लगाइन्। ‘हामी अवसरवादीहरूलाई भोट दिएर जिताउन चाहँदैनौँ,’ उनको भनाइ थियो।

विश्वकर्माले रास्वपा विनाश हुनबाट रोक्नका लागि आफू कांग्रेसको मञ्चमा उभिएको बताइन्। ‘कविर दाइलाई भोट मागिरहँदा कुनै स्वार्थ छैन। यहाँ पर्यटक उम्मेदवारहरू पनि आउनुभएको छ। उहाँहरूभन्दा कविर दाइ उपयुक्त पात्र हुनुहुन्छ,’ उनले भनिन्।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com