काठमाडाैं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिइँदैछ।
निर्वाचन अधिकृत कार्यालयकी प्रमुख गीता श्रेष्ठ ले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालनसम्बन्धी तालिम दिइएको जानकारी दिइन्। जिल्लाका ३७४ मतदान केन्द्रका सबै मतदान अधिकृत, सहायक अधिकृत र सहायक कर्मचारीलाई आजदेखि नै नियुक्ति पत्र हस्तान्तरण गरिनेछ।
अति दुर्गम भेगका मतदान केन्द्रमा फागुन १७ गते नै निर्वाचन सामग्री, मतपत्र, मतपेटी र सुरक्षा टोलीसहित कर्मचारी पठाइने योजना छ।
जिल्लाभर ३७४ मतदान केन्द्रमा २,२४४ कर्मचारी खटाइएको छ। दुवै क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकाल अनुसार जिल्लामा ३,१५,३३५ मतदाता छन्।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया