काठमाडौं। देवराज घिमिरे ले रवि लामिछाने को भड्काउ अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

मंगलबार झापा निर्वाचन क्षेत्र–३ मा इन्दिरा राना मगर को चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले पूर्वसभामुख घिमिरेमाथि आक्षेपपूर्ण टिप्पणी गरेका थिए। उनले सांसदका रूपमा संसदमा जनताको आवाज उठाउँदा माइक काटिदिएको आरोप लगाउँदै “आज उहाँ कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ?” भनी प्रश्न गरेका थिए।

advertisement

पूर्वसभामुख घिमिरेले लामिछानेको अभिव्यक्तिलाई संसदीय मर्यादाबाहिर भएको भन्दै आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमा भनेका छन् कि माइक काट्ने/काटिने विषय व्यक्तिगत विचारको होइन, संसदीय नियमावलीअनुसार पूर्वनिर्धारित समय र क्रमिक छलफल अनुसार गरिएको हुन्छ। संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यसलाई नबुझ्ने हुँदैन।

घिमिरेले उल्टै लामिछानेको सहकारी प्रकरण र सांसद पदमा बहाल रहन सक्ने कानूनी आधार नभएको सन्दर्भमा नैतिकताबारे प्रश्न उठाएका छन्। उनले भनेका छन्, “आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको हो?”

पूर्वसभामुख घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवार वा दलले जनताको लागि कार्यक्रम, योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने र व्यक्तिगत आक्षेप, घृणा वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समय टिक्ने नभएको पनि स्पष्ट पारेका छन्।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com